दफा ६५
संस्थाको सदस्यता
(१) कुनै पनि कर्मचारीले नेपाल सरकारको पूर्वस्वीकृति लिई प्रचलित कानुन बमोजिम दर्ता भएको पेशागत संस्था बाहेक अन्य कुनै पनि प्रकारको संस्थाको सदस्य बन्नु हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले प्रचलित कानुन र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी आफ्नो पेशागत र अन्य सामाजिक संस्थाको सदस्य बन्न यस दफामा लेखिएको कुनै कुराले बाधा पु¥याएको मानिनेछैन ।